FAQs Complain Problems

अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा सहभागी पठाईदिने बारे -सबै स्थानीय तहहरु (दोलखा)

श्री भिमेश्वर नगरपालिका

श्री जिरी नगरपालिका

श्री कालिञ्चोक गाउँपालिका

श्री मेलुङ्ग गाउँपालिका

श्री बैतेश्वर गाउँपालिका

श्री बिगु गाउँपालिका

श्री गौरिशंकर गाउँपालिका

श्री शैलुङ्ग गाउँपालिका ।

प्रस्तुत विषयमा यस तामाकोशी गाउँपालिकाद्वारा आयोजित अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता 2076।03।03 गतेदेखि ५ गतेसम्म तपसिलको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले उक्त प्रतियोगितामा तहाँ नगर/गाउँपालिकाबाट खेलाडी सहभागी गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।

तपसिल:-

  • प्रथम पुरस्कार –नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र
  • द्वितिय पुरस्कार –नगद ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र
  • तृतिय पुरस्कार –नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र
  • शान्त्वना पुरस्कार –नगद १५ हजार र प्रमाणपत्र
  • वेस्ट स्पाइकर –नगद २ हजार, ट्रफी र प्रमाणपत्र
  • वेस्ट लिफ्टर –नगद २ हजार, ट्रफी र प्रमाणपत्र
  • वेस्ट डिफेन्डर –नगद २ हजार, ट्रफी र प्रमाणपत्र
  • वेस्ट ब्लकर –नगद २ हजार, ट्रफी र प्रमाणपत्र
  • वेस्ट प्लेयर –नगद २ हजार, ट्रफी र प्रमाणपत्र

खेलका नियमहरु:-                          

  • खेल लिग-कम नकआउटको आधारमा हुने ।
  • प्रत्येक टिममा ९ जना खेलाडी, १ जना प्रशिक्षक अनिवार्य हुनुपर्ने ।
  • खेलाडीले नम्बर अंकित जर्सी अनिवार्य लगाउनुपर्ने ।
  • खेलाडी सम्बन्धित गाउँपालिका वा नगरपालिकाको स्थायी वासिन्दा हुनुपर्ने ।
  • प्रत्येक टिमले गाउँपालिका वा नगरपालिकाको लेटरप्याडमा खेलाडीको परिचय खुल्ने प्रमाणित पत्र कार्यालयको प्रमुख प्रशासकीय अधिकृतले प्रमाणित गरिएको हुनुपर्ने ।
  • खेलाडीले खाना बस्नको व्यवस्था आफैँले गर्नुपर्ने ।
  • टिम दर्ता शुल्क रु. पाँच हजार लाग्ने ।
  • टिम दर्ता मिति 2076।03।02 गते बेलुकी ५ बजेसम्म ।

प्रतियोगिता हुने स्थान:- तामाकोशी गाउँपालिका वडा नं. ५, सहरे, किर्नेटार (हिमाल पावर लिमिटेडको खेलमैदान)

प्रतियोगिता सञ्चालन हुने मिति: 2076।03।03

समय: विहान ८ बजे ।

सम्पर्क व्यक्तिहरु:-

राजकुमार रोकाहा, तामाकोशी गाउँपालिका वडा अध्यक्ष वडा नं. ५ – 9843266522

कुमार कार्की – 9844196452

अच्युत बाबु सुनुवार – 9844322395

शम्भु फुयाल – 9851204854

नवल किशोर झा सदस्य सचिव – 9844212291

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: