FAQs Complain Problems

गैर सरकारी संस्थाबाट झोलुङ्गे पुल सम्बन्धी प्रस्ताव आव्हानको सूचना ।

प्रथम पटक सूचना प्रकाशित मितिः-२०७६/०९/२८

तामाकोशी गाउँ कार्यपालिकाको कार्यालय, जफे दोलखामा निर्माण हुन लागेको झोलुङ्गे पुल कार्यक्रमको लागि समुदायलाई प्राविधिक एवं सामाजिक संगठनात्मक सहयोग उपलब्ध गराउन इच्छुक स्थानीय गै.स.स/सामुदायिक संस्थाहरुलाई प्रस्ताव आव्हान गरिएको छ । प्रस्ताव फाराम तामाकोशी गाउँपालिकाको कार्यालय जफेबाट प्राप्त गर्न सकिनेछ । प्रस्ताव फारामको दस्तुर वापत रू. ३००० ( अक्षेरेपी रू. तीन हजार मात्र) बुझाउनु पर्नेछ । प्रस्ताव फारामको लागि संस्था दर्ता एवं नवीकरण प्रमाणको प्रतिलिपि सहित लिखित अनुरोध गर्नुपर्नेछ ।

प्रस्ताव फाराम तथा आवश्यक कागजातहरु सूचनामा प्रकाशित मितिदेखि ३० दिनभित्र तामाकोशी गाउँपालिकाको कार्यालय, जफेमा दर्ता गराउनुपर्नेछ ।

 

प्रमुख प्रशासकिय अधिकृत

आर्थिक वर्ष: