FAQs Complain Problems

तामाकोशी गाउँपालिका बिद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ हाँवामा सुरू ।

तामाकोशी गाउँपालिकामा बिद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ सुरू भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं ७ को खेल मैदानमा २०७५ चैत्र २६ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन दोलखा जिल्ला समन्वय समितिका अध्यक्ष तथा प्रमुख अतिथि डबल पाण्डेले गर्नुभएको छ । आजदेखि सुरू भएको कार्यक्रममा भलिबल, हाइजम्प, लङ्ग जम्प, सटपुट तथा १००मिटर, २००मिटर, ४०० मिटर र ८०० मिटर दौड (छात्र/छात्रा) लगायतका खेलहरू हुनेछन् ।

आजदेखि ३ दिनसम्म सञ्चालन हुने उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको छ । त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिरा थोकर, गाउँपालिका उपाध्यक्ष उर्मिला खड्का केसी, तामाकोशी गाउँपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत बिज्ञान कोइराला तथा खेलसँग सम्बन्धित महानुभावहरू अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

आर्थिक वर्ष: