FAQs Complain Problems

तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाको बिदाई

तामाकोशीवासी जनतासँगको करिव १७ महिनाको बसाइको क्रममा बनेको हार्दिकता र सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भई जानु भएका अत्यन्त कुशल प्रशासक तथा सबैको मनमा बस्न सफल एक मिलनसार व्यक्तित्व प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाको लागि भव्य बिदाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ । यस गाउँपालिकाको दोस्रो प्रमुख प्रशासकीय अधिकृतको रुपमा २०७५ साल चैत २५ गते सरुवा भई यस तामाकोशी गाउँपालिकामा आउनुभएका कोइराला यही २०७७ श्रावण २२ गते सरुवा भई जानुभएको छ ।

स्वागतमा अपेक्षा गरिएभन्दा भव्य बिदाई गर्ने यो अवसर दिनुहुने एक अत्यन्तै कुशल प्रशासकका रुपमा तपाईंले यस तामाकोशी गाउँपालिकाप्रति पुर्‍याउनुभएको योगदान र प्रशंसनीय सफल अभ्यासप्रति उच्च मुल्यांकन र सम्मान व्यक्त गर्दै आगामी दिनमा सर्वोच्च सफलताको शुभकामना दिन चाहन्छौँ ।

-तामाकोशी गाउँपालिका परिवार ।

आर्थिक वर्ष: