FAQs Complain Problems

तामाकोशी गाउँपालिकाको संक्षिप्त परिचय

बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको दक्षिणी भुभागमा प्रसिद्ध तामाकोशी नदी र खिम्ती खोलाको किनारमा अवस्थित तामाकोशी गाउँपालिका विकास र सम्वृद्धिको सम्भावनाका दृष्टिकोणले परिचित छ । साविकका भिरकोट, झुले, जफे, मालु, शहरे, च्यामा र हाँवा लगायत ७ गाविसहरू मिलेर बनेको यस गाउँपालिकाको उत्तरमा बैतेश्वर गाउँपालिका, दक्षिणमा खिम्ती खोला र रामेछापको गोकुलगंगा गाउँपालिका, पश्चिममा मेलुङ्ग गाउँपालिका र पुर्वमा जिरी नगरपालिका रहेका छन् ।

क्षेत्रफल: १५३.०६ व.कि.मि.

जनसंख्या: १५,१६३ (राष्ट्रिय जनगणना २०७८)

               (१८,८४९ राष्ट्रिय जनगणना २०६८ अनुसार)

कुल साक्षरता दर: ७४% (राष्ट्रिय जनगणना २०७८)

कुल परिवार संख्या: ४४८५ (राष्ट्रिय जनगणना २०७८)