FAQs Complain Problems

तामाकोशी गाउँपालिका वडा नं ३ मा जनस्वास्थ्य प्रयोगशाला स्थापना

तामाकोशी गाउँपालिकाले यस क्षेत्र कै पहिलो जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरेको छ । गाउँपालिकाको वडा नं ३ जामुने स्थित स्वास्थ्य चौकिमा आज एक कार्यक्रमका बीच सेवा सुचारू गरिएको छ । कार्यक्रम गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलको प्रमुख आतित्यतामा सम्पन्न भएको छ ।

प्रयोगशाला सञ्चालनमा आएपछि यस क्षेत्रका सबै स्थानीयवासीहरू लाभान्वित हुनेछन् । प्रयोगशालामा रगत परिक्षणका साथ टाइफाइड, मधुमेह, लिपिड प्रोफाइल टेस्ट, कमलपित्त, दिसापिसाब, खकार, क्षयरोग परिक्षण आदि परिक्षण सेवाहरू प्रदान गरिने छ । त्यस्तै मृगौला रोग परिक्षण, एचआईभीएड्स र यौनजन्य रोगहरूको परिक्षण समेत गरिने भएकाले यस क्षेत्रका जनताहरू सामान्य परिक्षणका लागि सदरमुकाम लगायत राजधानी जानुपर्ने बाध्यता हट्नेछ ।

आर्थिक वर्ष: