FAQs Complain Problems

नयाँ प्रमुख प्रशासकीय अधिकृत वडाहरूमा संचालित योजना अनुगमनमा तथा निरिक्षणमा: योजना कार्यान्वयनमा तिब्रता दिन निर्देशन

तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विज्ञान कोइराला ज्यु तामाकोशी गाउँपालिकाका वडा कार्यालयहरूको निरिक्षण तथा अनुगमनमा निस्कनु भएको छ । यसै बीच उहाँ आफ्नो पहिलो वडा भ्रमणमा शनिवार वडा नं. ७ का विभिन्न स्थानमा वडाका सचिव तथा अध्यक्ष सहित पुग्नुभएको छ । यसक्रममा उहाँले:
१. वडा कार्यालय अनुगमन
२. स्वास्थ्य चौकि अनुगमन
३. खरी खानी निरिक्षण/अनुगमन
५. निर्माणाधीन गुम्बा, खेलमैदान, सडक लगायत अन्य योजनाहरूको कार्य प्रगतिको विवरण
६. दुम्शिझाङ आ.वि. को नयाँ भवन अवलोकन
लगायतका स्थानमा पुगी वस्तुस्थितिको निरिक्षण तथा अनुगमन गर्नु भएको छ ।
साथै पर्यटकीय तथा आर्थिक महत्त्वको उद्योगको रुपमा परिचित खरिखानीका संचालकसँग कुरा गर्दै खरीखानीलाई गाउँपालिकाको मातहतमा ल्याउनको लागि आवश्यक गृहकार्य गर्ने र उद्योग संचालन र व्यवस्थापनमा आवश्यक सहकार्य गर्न गाउँपालिका तयार रहेको बताउनुभएको छ ।

आर्थिक वर्ष: