FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन २०७५ चैत्र मसान्त भित्रमा निवेदन दिने वारेको अत्यन्त जरूरी सूचना ।

प्रस्तुत विषयमा नेपाल सरकारको आ.ब. 2075/076 को घोषित कार्यक्रम तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसालै सुरुवात गरेको "प्रधानमन्त्री रोजगार कार्यक्रम" कार्यान्वयनको लागि सो मन्त्रालयबाट प्राप्त च.नं. PMEP/14/९५ मिति 2075।12।04 को पत्र अनुसार स्थानीय तहको मातहतमा हुने रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा समेत योगदान गर्न ईच्छुक उमेर समुह १८ देखि ५९ बर्षसम्मका बेरोजगार व्यक्तिहरूले यहि 2075 चैत्र मसान्त भित्र आफुले स्थायी बसोवास गरेको सम्बन्धित वडा कार्यालयमा गई तोकिएको ढाँचामा निवेदन दिई सुचिकृत हुने व्यवस्था रहेकोले यस तामाकोशी गाउँपालिका भित्र बसोवास गर्ने ईच्छुक व्यक्तिहरूले आ-आफ्नो सम्बन्धित वडा कार्यालयहरूबाट निवेदन फारम प्राप्त गरी निवेदन दिनहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरएको छ ।

 

पुनश्च: निवेदनको ढाँचा यस गाउँपालिकाको वेवसाईट www.tamakoshimun.gov.np (तल दिईएको छ ) तथा फेसबुक पेज www.facebook.com/tamakoshimun मा पनि उपलब्ध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: