समाचार
प्रधानमन्त्री रोजगार कार्यक्रम २०७५ का लागि आयोजना तथा बेरोजगार व्यक्ति छनौट गरी पठाउने बारेको अत्यन्त जरुरी सूचना ।
श्री वडा कार्यालयहरु सबै (७) तामाकोशी गाउँपालिका, दोलखा ।
प्रधानमन्त्री रोजगार कार्यक्रम २०७५ कार्यान्वयन गर्नका लागि बनेको "कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६" (यसैसाथ संलग्न छ) को दफा ८ उपदफा (२) र (३) अनुसार हुनेगरी आ.व. २०७५।७६ को कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि आफ्नो वडाबाट सोहि कार्यविधिको दफा ९ बमोजिम हुनेगरी अधिकतम अनुमानित रू. तीन लाख साठी हजारसम्म नबढ्ने गरी कुनै एक आयोजना र तपसिल बमोजिमको संख्यामा सुचीकृत बेरोजगारहरु मध्येबाट १० जना बैकल्पिक संख्याको सुची नामावली सहित "प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, 2075" (यसैसाथ संलग्न छ) को दफा २१ को उपदफा (३) बमोजिम छनौट गरी यस गाउँपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सिफारिस साथ ५ दिनभित्र अनिवार्य रुपमा पठाउनहुन अनुरोध छ ।
तपसिल
वडा नं.
सुचीकृत बेरोजगारको आवश्यक संख्या
कैफियत
१
४०
२
४०
३
५०
४
४०
५
५०
६
४०
७
३०