FAQs Complain Problems

"सम्बृध्द तामाकोशी निर्माण गर्ने अभियानमा जसअपजसको भागिदार आफैँ बन्नुस": जनप्रतिनिधिलाई अध्यक्ष पोखरेलको आव्हान

तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले सम्बृध्द तामाकोशी निर्माण गर्न विकास कार्यक्रमहरूलाई थप प्रभाभकारी बनाउन ईमान्दारितापुर्वक भूमिका खेल्न सबै जनप्रतिनिधिहरूलाई आव्हान गर्नु भएको छ । गत सालको प्रारम्भिक अनुभवबाट पाठ सिकेर आगामी दिनमा काम गर्न निर्देश गर्नुहुँदै अध्यक्ष ईश्वरचन्द्र पोखरेलले लामो समयपछि जनताका प्रतिनिधिहरू चुनिएकाले गल्ती कमजोरीहरू गर्ने र जनतालाई निराश पार्ने छुट कसैलाई नभएको बताउनुभएको छ । कुनै राजनिनितिक आग्रह-पूर्वाग्रह नराखि कमिकमजोरीको दोष र जिम्मेवारीको प्रश्न सँधै नेतृत्वप्रति नतेर्स्याउन सम्पूर्ण गाउँसभा सदस्यहरूलाई आग्रह गर्दै स्थानीय तहमा हुने सबै विकास-निर्माणका गतिबिधिहरूको जसअपजसको हकदार आफैँलाई बनाउन सुझाव दिनुभएको छ ।

तेस्रो गाउँसभाको बैठकलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पोखरेलले सम्पुर्ण जनप्रतिनिधिहरूलाई जनभावनाको सम्मान हुनेगरी बजेट कार्यान्वयन हुनुपर्ने भएकाले तुरुन्तै घोषित कार्यक्रमहरू अघिल्लो बर्षभन्दा अझ प्रभावकारी बनाउन अब बन्ने उपभोक्ता समितिहरूलाई सचेत र बढी जिम्मेवार बनाउन जोड दिइने र सोहिअनुरूप लाग्न पनि आग्रह गर्नुभएकोछ । कृषि, स्वास्थ्य, शिक्षा, युवा तथा स्वरोजगार  लगायतका कार्यक्रममा आकर्षक अनुदान तथा लोकप्रिय कार्यक्रमहरू घोषणा गरेको यस गाउँपालिकाले उत्त अनुदान अन्तर्गत यसअघि गरेको व्यवस्थामा थप रकम समेत विनियोजन गरेको छ । जसबाट थप किसानहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । (*बिस्तृत बजेटमा)

तामाकोशी गाउँपालिकाको आ.ब. २०७५/०७६ काेे बार्षिक बजेट तथा कार्यक्रम आज गाउँसभाबाट अनुमोदन भएको छ ।

आर्थिक वर्ष: