अशोज १५, २०७५
तामाकोशी गाउँपालिकाले २६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यरूपमा मनाएको छ । "जेष्ठ नागरिक मानबअधिकार अभियन्ताहरूको अभिनन्दन गरौँ" भन्ने नाराकासाथ सुरु भएको कार्यक्रम गाउँपालिकाको वडा नं. ६ च्यामामाको वडा कार्यालयको प्राङ्गणमा सैयौँ ज्येष्ठ नागारिक, जनप्रतिनिधी र प्रमुख प्रशासकीय अधिकृत लगाएत कर्मचारीहरूको उत्साहजनक उपस्थितिमा एक भव्य कार्यक्रमका बीच गाँउपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले उद्घाटन गर्नुभएको हो ।