समाचार
बालुवा गिटी ठेक्का सम्बन्धी बोलपत्रको सुचना
मिति: २०७५।०४।२१, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था बमोजिम यस गाउँ कार्यपालिकाबाट आ.व. २०७५÷७६ को लागि देहाय बमोजिमको ठेक्का बन्दोवस्त गर्नुुपर्ने भएकोले गाउँ कार्यपालिकाबाट तोकिएको रेटमा साविक जि.वि.स. प्रतिवेदन (IEE) मा उल्लेखित खोला तथा नदीनालाहरुबाट स्वीकृत परिमाण भन्दा बढी उत्खनन् नहुने गरी रोडा, ढुुङ्गा, बालुुवा, गिटी, ग्राभेल आदिमा विक्रि तथा निकासी कर संकलनको ठेक्का लिन ईच्छुुक (मुु.अ.क. दर्ता प्रमाण पत्र, आ.व.२०७४÷०७५ सम्मको फर्म नविकरण, आ.व. २०७४÷०७५ को आयकर चुक्ता प्रमाण पत्र भएका) फर्म वा कम्पनीबाट तोकिएको न्यूनतम अंकमा नघट्ने गरी आफुुले कबोल गरेको अंकको ५ प्रतिशतले हुन आउने रकम धरौटी वापत यस कार्यालयको नेपाल बैँक लिमिटेड शाखा कार्यालय चरिकोटमा रहेको धरौटी खाता (खाता नं. १३००३००००००००३००००१२) मा जम्मा गरि सो को सक्कल भौचर वा यस कार्यालयको नाममा ठेक्का नम्बर उल्लेख गरि मान्यता प्राप्त वाणिज्य बैंकले जारी गरेको ७५ दिन म्याद भएको Bid Bond को बोलपत्र फाराम साथ संलग्न राखी निम्न अनुुसारको विषय, क्षेत्र भित्र बोलपत्र खरिद गरि पेश गर्न यो सूचना प्रकाशिन गरिएको छ । रित नपुुगि वा म्याद नाघि प्राप्त हुन आएका शिलवन्दि बोलपत्र उपर कुनै कारवाही गरिने छैन । बोलपत्र सम्बन्धि अन्य विवरण तामाकोशी गाउँ कार्यपालिकाको वेबसाइट (www.tamakoshimun.gov.np) वा बोलपत्र फारममा खुुलाईएको व्यहोरा सूचित गरिन्छ । **(सम्पुर्ण जानकारीको लागि यसैसाथ संलग्न PDF फाइल डाउनलोड गर्नुहोला ।)