समाचार
अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा सहभागी पठाईदिने बारे -सबै स्थानीय तहहरु (दोलखा)
श्री भिमेश्वर नगरपालिका
श्री जिरी नगरपालिका
श्री कालिञ्चोक गाउँपालिका
श्री मेलुङ्ग गाउँपालिका
श्री बैतेश्वर गाउँपालिका
श्री बिगु गाउँपालिका
श्री गौरिशंकर गाउँपालिका
श्री शैलुङ्ग गाउँपालिका ।
प्रस्तुत विषयमा यस तामाकोशी गाउँपालिकाद्वारा आयोजित अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता 2076।03।03 गतेदेखि ५ गतेसम्म तपसिलको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले उक्त प्रतियोगितामा तहाँ नगर/गाउँपालिकाबाट खेलाडी सहभागी गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।
तपसिल:-
- प्रथम पुरस्कार –नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र
- द्वितिय पुरस्कार –नगद ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र
- तृतिय पुरस्कार –नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र
- शान्त्वना पुरस्कार –नगद १५ हजार र प्रमाणपत्र
- वेस्ट स्पाइकर –नगद २ हजार, ट्रफी र प्रमाणपत्र
- वेस्ट लिफ्टर –नगद २ हजार, ट्रफी र प्रमाणपत्र
- वेस्ट डिफेन्डर –नगद २ हजार, ट्रफी र प्रमाणपत्र
- वेस्ट ब्लकर –नगद २ हजार, ट्रफी र प्रमाणपत्र
- वेस्ट प्लेयर –नगद २ हजार, ट्रफी र प्रमाणपत्र
खेलका नियमहरु:-
- खेल लिग-कम नकआउटको आधारमा हुने ।
- प्रत्येक टिममा ९ जना खेलाडी, १ जना प्रशिक्षक अनिवार्य हुनुपर्ने ।
- खेलाडीले नम्बर अंकित जर्सी अनिवार्य लगाउनुपर्ने ।
- खेलाडी सम्बन्धित गाउँपालिका वा नगरपालिकाको स्थायी वासिन्दा हुनुपर्ने ।
- प्रत्येक टिमले गाउँपालिका वा नगरपालिकाको लेटरप्याडमा खेलाडीको परिचय खुल्ने प्रमाणित पत्र कार्यालयको प्रमुख प्रशासकीय अधिकृतले प्रमाणित गरिएको हुनुपर्ने ।
- खेलाडीले खाना बस्नको व्यवस्था आफैँले गर्नुपर्ने ।
- टिम दर्ता शुल्क रु. पाँच हजार लाग्ने ।
- टिम दर्ता मिति 2076।03।02 गते बेलुकी ५ बजेसम्म ।
प्रतियोगिता हुने स्थान:- तामाकोशी गाउँपालिका वडा नं. ५, सहरे, किर्नेटार (हिमाल पावर लिमिटेडको खेलमैदान)
प्रतियोगिता सञ्चालन हुने मिति: 2076।03।03
समय: विहान ८ बजे ।
सम्पर्क व्यक्तिहरु:-
राजकुमार रोकाहा, तामाकोशी गाउँपालिका वडा अध्यक्ष वडा नं. ५ – 9843266522
कुमार कार्की – 9844196452
अच्युत बाबु सुनुवार – 9844322395
शम्भु फुयाल – 9851204854
नवल किशोर झा सदस्य सचिव – 9844212291