समाचार
आधारभुत सूचना प्रविधि सम्बन्धि तालिम सञ्चालन सम्बन्धमा वडा कार्यालयहरू (वडा नं. १,२,३,४ र ७) ।
श्री वडा कार्यालयहरू (१, २, ३, ४ र ७)
तामाकोशी गाउँपालिका, दोलखा ।
यस तामाकोशी गाउँपालिकाको आ.व. 2075/76 को स्वीकृत बजेट अनुसार गाउँपालिकाका वडाहरूमा आधारभुत सूचना प्रविधि सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले तपसिल बमोजिमका कार्यक्रम सञ्चालनका लागि आवश्यक हलको व्यवस्था, सहभागीताका लागि निर्वाचित जनप्रतिनिधिहरु, वडा तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरुलाई उपस्थित गराइदिनहुन अनुरोध छ । सहभागीहरूलाई खाजा तथा यातायात खर्च कार्यक्रम सम्पन्न भएपश्चात यस गाउँपालिकाबाट प्रदान गरिने व्यहोरा समेत जानकारी छ ।
तपसिल:
कार्यक्रम सञ्चालन हुने वडा, मिति र समय
- वडा नं. १ को कार्यालय– 2076।०३।१३ र १४ गते (विहान ६ बजे)
- वडा नं. २ को कार्यालय– 2076।०३।१५ र १६ गते (विहान ६ बजे)
- वडा नं. ३ को कार्यालय– 2076।०३।१७ र १८ गते (विहान ६ बजे)
- वडा नं. ४ को कार्यालय– 2076।०३।१९ र २० गते (विहान ६ बजे)
- वडा नं. ७ को कार्यालय– 2076।०३।२१ र २२ गते (विहान ६ बजे)