FAQs Complain Problems

प्राविधिक तथा आर्थिक प्रस्ताव आव्हान सम्बन्धी पुनः प्रकाशित सूचना -सहकारी अध्ययन प्रतिवेदन तथा वृतचित्र निर्माण ।

दोस्रो पटक सूचना प्रकाशन मितिः २०७८/०१/२८

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६ (क) मा व्यवस्था भए बमोजिम यस आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाको मौजुदा सूचीमा दर्ता भएका व्यक्ति, फर्म, वा कम्पनीहरुबाट सार्वजनिक खरिद नियमावली,२०६४ को नियम ७२ बमोजिम तामाकोशी गाउँपालिका अन्तरगत सञ्चालित सहकारी संस्थाहरुको अध्ययन प्रतिवेदन तथा वृतचित्र (Documentary) तयार पार्न मिति २०७८/०१/१३ गते १५ दिने सूचना मार्फत प्राविधिक तथा आर्थिक प्रस्ताव माग भएकोमा तोकिएको समयावधि भित्र दर्ता हुन आएका प्रस्तावदाताहरुको प्रस्ताव सारभूत रुपमा प्रभावग्राही नभएको देखिएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्नहुन सम्बन्धित सबैमा यो सूचना पुनः प्रकाशित गरिएको छ । प्रस्ताव सम्बन्धी विस्तृत जानकारी तथा क्षेत्रगत कार्यसूची (Terms Of Reference)  यस गाउँपालिकाको कार्यालयबाट रु १००० (रु. एक हजार मात्र) भुक्तानी भएपश्चात प्राप्त गर्न सकिने छ ।

थप जानकारीको लागिः पवनराज फुयाल, सूचना प्रविधि अधिकृत (९८५१२०५६८४)

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: