समाचार
हे.अ., अ.हेव. तथा अ.न.मि. हरुको परिक्षा तथा अन्तरवार्ता कार्यक्रम सञ्चालन सम्बन्धी सूचना ।
यस तामाकोशी गाउँपालिकाको आ.व. २०७७/७८ को लागि विभिन्न स्वास्थ्य संस्थामा आवश्यक जनशक्तिहरु सेवा करारमा पदपूर्ति गर्ने उद्देश्यले मिति २०७७/०६/२२ गते प्रकाशित सूचना अनुसार सेवा करारमा जनशक्ति पदपूर्तिका लागि यस कार्यालयमा मिति २०७७/०७/०६ गतेसम्म रितपूर्वक आवेदन दिने देहाय बमोजिमका उम्मेदवारहरुको लिखित परिक्षा तथा अन्तरवार्ता कार्यक्रम निम्नलिखित मिति, समय र स्थानमा सञ्चालित हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
लिखित परिक्षा सञ्चालन हुने मिति समय र स्थानः
क्र.सं.
मिति
समय
परिक्षा सञ्चालन हुने स्थान
पद
कैफियत
१.
२०७७/०७/२४
बिहान ११ बजे
तामाकोशी गाउँपालिका वडा नं. ५, सहरे (खिम्ती प्रोजेक्ट स्कुल भवन, किर्नेटार)
हे.अ. (HA)
२.
२०७७/०७/२४
दिउँसो १ बजे
तामाकोशी गाउँपालिका वडा नं. ५, सहरे (खिम्ती प्रोजेक्ट स्कुल भवन, किर्नेटार)
अ.न.मि. (ANM)
३.
२०७७/०७/२४
दिउँसो ३ बजे
तामाकोशी गाउँपालिका वडा नं. ५, सहरे (खिम्ती प्रोजेक्ट स्कुल भवन, किर्नेटार)
अ.हे.व. (CMA)
- परिक्षार्थीहरुलाई प्रवेशपत्र लिखित परिक्षा सञ्चालन हुने दिन विहान ८:०० बजेदेखि परिक्षा केन्द्रबाट वितरण गरिनेछ ।
- लिखित परिक्षामा उतीर्ण हुने उम्मेदवारहरुको अन्तरवार्ता मिति २०७७/०७/२५ गते विहान ९:०० बजे तामाकोशी गाउँपालिकाको कार्यालय, जफेमा सञ्चालन हुनेछ ।
नोटः अन्तरवार्तामा उपस्थित हुने उम्मेदवारले आवश्यक प्रमाणपत्रको सक्कल कपी अनिवार्य रुपमा साथमा ल्याउनु हुन सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।